साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्दै,नेपालि खेलाडीले जित्ने उद्घोष

7
SHARES
15
VIEWS

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फाइनल आज हुँदैछ । उपाधिको लागि नेपाल र भारत भिड्दै छन् । खेल राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुनेछ । भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको थियो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा भारतले नेपाललाई १ ० ले पराजित गरेको थियो ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् । कप्तान किरण चेम्जोङले पनि फाइनल खेल गोर्खाली पारामा खेल्ने बताएका छन् । उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको पनि बताए । फाइनल खेलको लागि आफ्नो टोली तयार भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित