स्मरण : आन्दोलनकि आमा अन्तिम श्रद्धाञ्जली !

7
SHARES
15
VIEWS

कालीकोट । २०५९ सालमा स्थानीय स्तरमा जनसत्ताकाे चुनावकाे तयारी थियोे, भाेलीपल्ट चुनाव हुदैथियाे
समसाझ कमरेड तिर्थले मलाई बाेलायर तपाईं सगरमाथाकाे घर जानुपर्ने भयाे भन्नू भयाे किन भनी प्रश्न गरे आखाभरी आंसु बनाएर कमरेड सगरमाथाकाे उच्च शाहदत्त भयाे उहाँ सहिद हुनु भयाे घरमा खबर सुनाउन र सान्त्वना दिन जानुपर्ने भाे भन्नुभयाे, खबर सुन्नासाथ छागाबाट खसेझै भए आफै पत्याउन मुस्किल भारी मन लियर साझ कमरेड सगरमाथाकाे घर पुगे ।
कार्तिककाे कामकाे चाप आमा अवेर घर आउनु भयाे घरपरिवार सबै जम्मा भएपछि बडाेकठिनले ११ बजेपछि मात्रै सगरमाथा सहिद हुनु भएको खबर मनले नमानि नमानि कसरी सुनाउन सके अझै ख्याल छैन् ।
आफैले आन्दोलनमा हिड्नुपर्छ भनेर हिडालेकाे एक याैद्दा कमाण्डर भएर सहिद भयाे त्यहि खबर आफैले सुनाउन जादाकाे त्याे क्षण अहिले पनि ताजै छ ।
बिहानपख आमा जवला धामी आफै समालियर आट दिनु भाे छाेरी मेराे छाेराकाे सपना तिमिहरु बाचेका छाेराछाेरीले पूरा गर्नु पर्छ
आदरणिय आमा आज त्यहि दिन खुव याद गरे
तपाईले हामीलाई दिएकाे जिम्मेवारी शहिदले छाेडेकाे अधुराे सपना अलपत्र छ बाटो पच्छाउने काेसिस गर्दागर्दै
हजुरले नै हामी सबैलाई छाेडेर जानू भएको अप्रत्याशित खबर सामाजिक सञ्जाल मार्फत थाहा पाए ।
केही गर्नु थियो, धेरै भन्नू थियोे सपनाकाे बाटोमा लागेकाे कालाे बादलले माओवादी आन्दोलन क्षतबिक्षत छ, हामीले लिएकाे लक्ष्यमा नपुग्दै हजुरले छाेड्नु भयाे । जनयुद्धमा हजुर जस्तै धेरै आमाको सपना पूरा गर्नु छ । हामिले नसके पनि कुनै दिन सबै आमाको सपना पूरा हुने दिन आउने बिश्वास दिलाउछु ।
हार्दिक श्रद्धाञ्जली महान सहिद कमरेड सगरमाथाकाे आमा आन्दोलनकि आमा अन्तिम श्रद्धाञ्जली ! ( मृतक सान्नित्रीबेणी ४ पगाती निवाशी जवला धामी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित