पहिराले महाबैमा १५ सय विस्थापित,राम्निबासिमा पीडा थपिदै

7
SHARES
15
VIEWS

कालीकोट । यति बेला देशभर वर्षाले जलमग्न हुनुका साथै कतै बाढी त कतै डुबानले धनजन ठुलो क्षेती पुगाएको छ । त्यस मध्ये कालीकोटको महावै गाउँ पालिका  ७ राम्नी  कोटबाडाबासीका लागि बस्ने बास त पहिरोले लगे पछि  जिन्दगीको बाँच्ने आस समेत मरेको छ । असोज ३१ गते साँझदेखि भएको अविरल वर्षाको कारण कार्तिक १ गते राति आएको भीषण बाढीपहिरोले सो वडाका करिब २ सय ५० घरका १५ सय जना घर छोडेर राम मावि राम्नी बिधालयमा बस्न बाध्य छन् ।
कुल ३ सय १० घर रहेको सो वडामा केवल ६० घर मात्रै सुरक्षित छन् भन्न सकिने अवस्था रहेपनि ती घर समेत कतिखेर पहिरोमा पुरिने हुन् निश्चित नरहेको स्थानीय बेदप्रसाद भट्टराईले पीडा सुनाए । राति १ बजेतिर घरमाथिबाट पहिरो आएपछि एकाएक घर छोडेर सबै गाउँलेहरु विस्थापित बनेको उनको भनाइ छ । सिंगो बस्ती गाउँ छोडेर राम माविको चुहिने छानोमा ओत लागि रहेको अवस्था अत्यन्तै दर्दानक रहेको सो बस्ती पुगेर फर्किनु भएका नेकपा(एकीकृत समाजवादी)कालिकोटका सचिव चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो ।
सिंगो बस्ती अहिलेपनि चारै तिरबाट बगिरहेको कारण दिउँसो पैदल हिड्ने मान्छेहरु समेत तर्सिदै सावधानीका साथ हिड्ने गरिरहेको र स्थानीयहरु सबैले विशेषगरी प्रदेश सरकारको बाटो कुरीरहेको उहाँको भनाइ छ । नजिकै अन्यत्र बस्ती बसाल्न उपयुक्त स्थान पनि नरहेको र अहिले बगिरहेको स्थानमै बस्ती कायम राख्न समेत सम्भावना नरहेको सचिव गाउँलेले बताउनुभयो । गत वर्ष मात्रै पहिरोले सो वडाको कोटबाडा गाउँमा घर भत्किएका कारण २ जनाको ज्यान गएको थियोे भने यो वर्ष राम्नी गाउँमा विष्णुप्रसाद अधिकारीको घर पुरिएर उनको छोरी १८ वर्षीया स्मृति अधिकारीको ज्यान गैसकेको छ ।
वर्षा नरोकिएको र बस्ती बग्ने क्रम निरन्तर चलिरहेको कारण थप क्षति कति हुने हो भन्ने एकिन नरहेको स्थानीय समाजसेवी जयचन्द्र अधिकारी”भूपाल”ले बताउनुभयो । जिल्ला देखि आएको उद्धार टोलीले ल्याएको २० वटा पाल र १४ वटा कम्मलका भरमा स्कुलमा टोली बसिरहेकोमा अब त खाने पिउने समस्याले पनि सताउन थालेको उनको भनाइ छ । तन्नेरी युवाहरु व्यवस्थापनमा खटाइएकोमा बालबालिका,बृद्ध र महिलाहरुको अवस्था दर्दानक रहेको कार्यवाहक वडा अध्यक्ष कैले अधिकारीले बताउनुभयो ।
बस्ने घर समेत नरहेपछि काटेको धान समेत खेतमै पानीमा डुबेर कुहिने अवस्था रहेको छ भने घर गोठ भत्केका कारण पशु चौपाया पनि असुरक्षित अवस्थामा खुला आकाशमा वस्न बाध्य रहेको नेकपा एकीकृत समाजबादिका जिल्ला सचिब चित्र सिंह गाउलेले बताउनु भयो । छन् । स्थानीयहरु ओत लागिरहेको राम माविमा समेत छाना पनि चुहिने गरेको र जमिनका साथै भित्तादेखि समेत भवनभित्र पानी छिरेर सुरक्षित रुपमा बसाइ ब्यवस्थापन गर्न कठिन भैरहेको बिधालय ब्यवस्थापन समिति अध्यक्ष दर्न परिवारले बताउनुभयो । महावैमा वडा नम्बर ७ को सो बस्तीका साथै वडा नम्बर ३ को नकु गाउँ पनि पुरै जोखिममा छ भने ओड्खेबाडा गाउँमा नन्दबहादुर सिंहको घर भत्केर परिवारको बिचल्ली बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित