काठमाडौँ। सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर बनाउन ३ देखि ५ लाखसम्म दिने निर्णय गरेको छ ।
वुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
घर बनाउन जग्गाको अभाव हुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै, घर भत्केकाहरुलाई तत्काल ५० हजार राहत दिने निर्णय भएको बताइएको छ ।
Discussion about this post