नेपालगंज मेडिकल कलेजका १२ सय कर्मचारी आन्दोलित,कोहलपुर मेडिकल कलेज देखि नरसिंह होममा तालाबन्दी

7
SHARES
15
VIEWS

कोहलपुर । लामो समय देखि आफुहरुका माग पूरा नभएको भन्दै बाकेको कोहलपुर,नेपालगंजको नरसिंह होम र चिसापानीको मेडिकल कलेजमा कर्मचारीले तालाबन्दी गरेका छ्न । तीन चार वर्ष अघि देखि तलब वृद्धि नभएको,कोभिड भत्ता नपाएको,पोशाक भत्ताको बारेमा ब्यबस्थापन पक्षले कुनै सुनुवाइ नगरेपछी तालाबन्दी गरेको आन्दोलन समिति को संयोजक रत्ना गिरीले बताइन । उनले भनिन् आफुहरुका माग लेखित तथा मौखिक जानकारी गरेको भएपनी केही वास्ता नभएपछी तालाबन्दी गर्नु परेको हो । यसरी पनि अझै नसुनेपछी थप कडा आन्दोलन गर्ने चेतावनी दिएकी छ्न । अर्का कर्मचारी मीन बुढाले पटकपटक आफुहरुका मागका बारेमा झुट्टा आश्वासन दिदै आएकोले अब चुप लागेर नबस्ने बताए । लर्ड बुद्ध  एजुकेशन एकेडेमी अन्तरगत नेपालगंज मेडिकल कलेजका कोहलपुर,नेपालगंज र चिसापानीमा तालाबन्दी गरेको बताइएको छ । यस बारेमा नेपालगंज मेडिकल कलेजले कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित