अब प्रहरी भित्र “सम्मानार्थी” भाषा प्रयोग गर्नु पर्ने

7
SHARES
15
VIEWS

काठमाडौ ।सबै भन्दा छाडा र असभ्य भाषा बोलिने प्रहरी संगठन भित्र समकक्षी तथा आफू भन्दा तल्लो मातहतका प्रहरीलाई सम्मानार्थी भाषा बोल्नु पर्ने भएको छ । देउबा सरकारका गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाँडले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए। उनले भने,’ मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’

संगठनको छवि राम्रो बनाउन संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गर्न लागेको हो।  अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाइने छैन। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कान सहितको सेवा सञ्चालन गरिरहेका छन् । यस्तो निर्देशनले प्रहरीमा बोल्ने भाषामा परिवर्तन आउने आशा गरेको भएपनी बोल्दै आएको बानिले केही समय कठिनाइ आउने भने देखिन्छ । सैन्य भाषा असभ्य हुन्छ र सहजै निर्देशनको पालना नहुने भएकाले चर्किनु पर्ने अवस्था आएको बताइएको छ । यो समाचार अन्नपूर्ण पोस्टले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित