आइएनएफ द्वारा नरहरिनाथमा सरसफाइ सामाग्री बितरण

7
SHARES
15
VIEWS

कालीकोट । स्वास्थ्य र सरसफाइमा काम गर्दै आएको आइएनेफ नेपालले नरहरिनाथ गाउँ पालिकामा सरसफाइ सामाग्री बितरण गरेको छ । नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर दुइका एक सय ३० घरधुरीलाई प्लास्टिकको डस्बिन बितरण गरेको आइएनफ नेपाल कालीकोटका टिम लिडर चुल्लु चौधरीले बताउनु भएको छ । नरहरिनाथ गाउँ पालिकालाइ पुर्ण सरसफाइ युक्त बनाउन सो सामाग्री बितरण गरिएको बताइएको छ ।नरहरिनाथ गाउँ पालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रेम दर्जिको उपस्थितिमा समुदायलाइ हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा सरसफाइ सामाग्री पाउँद आफुहरुलाइ सरसफाइका लागि फोहोर ब्यबस्थापन गर्न सजिलो भएको बताइएको छ । सरसफाइ सामाग्री बितरणका क्रममा वडाअध्यक्ष प्रेम दर्जिले आइएनफ नेपालले स्वास्थ्य सम्बन्धी गरेको सहयोग ज्यादै महत्त्वपूर्ण भएको बताउदै यस्ता कार्यक्रम आगामी दिनमा वडामा ल्याउन अनुरोध गर्नु भएको छ । आइएनफ नेपालले नरहहरिनाथ गाउँ पालिकामा स्वावलम्बन समूह गठन गरेर बचत गर्दै आएको टिम लिडर चौधरीले बताउनु भयो । आइएनफ नेपालले नरहरिनाथका सबै वडामा जिबिकोपार्जन,जलबायु परिवर्तन र सरसफाइ क्षेत्रमा काम गर्दै आएको छ ।यस अघि नरहरिनाथ गाउँ पालिकाका किशोरी तथा महिलाहरुलाइ जिबिकोपार्जन सम्बन्धि सेनिटरी प्याड बनाउन तालिम समेत संचालन गरेको थियो । गएको वर्ष बाढिपिडितलाइ राहत समेत दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित