कालीकोटमा क्षयरोग परिक्षण शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा क्षयरोग  परिक्षण हुने भएको छ । कालीकोटमा पहिलो पटक क्षयरोग परिक्षण मेसिन जडान भएपछी जिल्ला बाहिर जानू पर्ने बाध्यता हटेको छ । जिल्लामा सरुवा रोग अस्पतालमा मेसिन जडान पछि ४ जनाको परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । कालीकोट जिल्लाका  प्रमुख जिल्ला अधिकारी कृष्ण  प्रसाद आचार्यको उपस्थितिमा खकारको नमुना परिक्षण गरेर समुद्घाटन गरिएको बताइएको छ  । सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनारको अध्यक्षता भएको कार्यक्रममा प्रहरी प्रमुख डिएसपि चक्रबहादुर शाह,प्रमुख अनुसन्धान अधिकृत राम अचल साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज बिस्ट लगायत सन्चारकर्मिहरु,स्वासेनी सुर्खेतबाट आउनु भएका ल्याबटेक्निसियन अधिकृत भिम रोका ,सेभ द चिल्ड्रेनका प्रदेश संयोजक मिलन महर्जनको आतिथ्यता तथा स्वासेकाका चि.शा.प्र.डा.किरन शाही  लगायतका कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे । कालीकोट जिल्लामा क्षयरोग परिक्षणको क्षेत्रमा गुणात्मक उपलब्धि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित