पलातामा अखिल(क्रान्तिकारी)द्वारा शुभकामना आदान प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा अखिल( क्रान्तिकारी)ले शुभकामना आदानप्रदान गरेको छ । संगठनका केन्द्रिय सदस्य बिम बहादुर बमको उपस्थितिमा कार्यक्रम गरिएको बताइएको छ । दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका पलाता इन्चार्ज अनन्त बिक,अध्यक्ष बिष्णु रोकाया,एकीकृत अखिल नेपाल शिक्षक संगठनका पलांता इन्चार्ज कल बहादुर भण्डारी , पलाता गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने लगाएतले शुभदिपावलिले पलाता बासिमा हर्सोल्लासका साथ सम्पन्न हुने बिश्वासका साथ शुभकामना दिएको अखिल (क्रान्तिकारी )पलाता अध्यक्ष सुजन बुढाले बताउनु भयो ।  शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया(इन्द्र)ले विद्यार्थी चलाएमान शक्ति भएकाले पार्टी संचालनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।उक्त कार्यक्रममा पलाता इन्चार्ज अनन्त बिक राजेशको प्रमुख आतिथ्यतामा भएको बताइएको छ ।प्रमुख अतिथी राजेशले शुभकामना दिदै पलाती जनतामा शुभ दिपावलिले सकारात्मक तबरले सम्पन्न हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित