रास्कोटका मेयर बराल द्धारा जन्मदिनको अवसरमा साझाघरका अनाथ वालवालिकालाई सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालले साझा घर सुर्खेतका अनाथ वालवालिकालाई खाद्यन्न सहयोग गर्नु भएको छ ।

५१ वर्ष प्रवेश गरेको अवसरमा साझाघरमा सहयोग गरिएको बताइएको छ । उक्त खाद्यन्न हस्तान्तरण कार्यक्रममा मेयर बरालको परिवार लक्ष्मिकला आचार्य(बराल)छोरा दिनेशको समेत सहभागिता रहेको जगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।

साझघरमा गई ५ बोरा चामल र एक बोरा दाल(खाद्यन्न) सहयोग गरेको साझा घर सुर्खेतका संचालक विनोद चौलागाईले बताउनु भएको छ । वहाँका अनुसार साझा घरमा अनाथ तथा सडक वालवालिकाहरु रहेको बताइएको छ ।

मेयर बराल हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटका संस्थापक अध्यक्ष तथा साविकको फुकोट गाविसका अध्यक्ष पनि हुनुहुन्छ । माओवादी केन्द्रका नेता बराल २०४६ साल देखि निरन्तर राजनैतिक क्षेत्रमा सक्रिय रहुन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित