महावै बासिको गाडी चढ्ने सपना अधुरै,मान्छेले सामान बोकेरै पक्कि घर निर्माण

7
SHARES
15
VIEWS

कालीकोट । सुगममा पक्किघर सबैे बनाउछन तर पिठ्युमा सामान बोकाएर भएपनि महावै गाउँ पालिकाका मुन बहादुर सिंहले तिन तले पक्कि घर निर्माण गरेका छन । केन्द्रको सिंहदरवार गाउँमा आएपनि यातायातका साधन संचालन हुन नसकेको महावै गाउँ पालिकाको अस्थायि केन्द्र पादमघाट ।जहाँका व्यवसायिहरुले विगत लामो समय देखि व्यवसाय गर्दै आएका छन ।  यहाँका बासिन्दाहरु अहिले खांडाचक्र नगरपालिकाको सेरावाडाबाट मान्छे तथा खच्चरमा सामान बोकाएर व्यापार गर्दै आएको छन । त्यहि ठाउँमा महावै  निवासि मुन बहादुर सिंहले तिन तले पिल्लर सहितको पक्कि घर निर्माण गरेका छन ।

करिव ५५ लाख लगानिमा उक्त घर निर्माण गरेको मुन बहादुर सिंहले बताउनु भयो । आफुले बाल्यकाल देखि हुलागि भएर काम गर्दै आएको समयमा कमाएको रकमले पक्कि घर निर्माण गरेको सिंहको भनाई छ ।


खांडाचक्र नगरपालिकाको सेरावाडाबाट मान्छे तथा खच्चरमा सामान बोकाएर व्यापार गर्दै आएको छन । त्यहि ठाउँमा महावै  निवासि मुन बहादुर सिंहले तिन तले पिल्लर सहितको पक्कि घर निर्माण गरेका छन ।


आफुले अवकास हुंदा पाएको रकम, दुई छोराले बैदेशिक रोजगारीबाट कमाएको र अन्य फर्निचर लगाएतको व्यवसायबाटको कमाईले पक्कि घर निर्माण गरेको बताउनु हुन्छ सिंह । वहाँका अनुसार सामान्य कटेरो रहेकोमा एक तला भएपनि पक्कि बनाउने सोच आएपछि दुई वर्ष अघि शुरु गरेको घर निर्माणको काम अहिले तेस्रो तला सम्पन्न भएको छ । सो घरमा अहिले महावै गाउँ पािलका, हुलाक कार्यालय र हिमचुुलि कृषि सहकारी संस्थाले भाडामा बस्दै आएका छन ।

मासिक रुपमा ३५ हजार भाडाबाट आउने गरेको बताउदै सिंहले ५ देखि ७ सात लाख सम्म मात्र ऋण बांकी रहेको बताउनु भयो । सबै भन्दा बढि सामान ढुवानिमा लागेको बताउदै सिंहले फर्निचर देखि निर्माण र बालुवामा लाग्ने खर्च भन्दा सिमेन्ट सरिया ढुवानिमा लागेको बताउनु भयो जे जसो भएपनि आफु लगाएतका घरका अन्य सदस्यहरुको कमाइको आधार भएकाले घर निर्माण गरेको हो ।


महावै गाउँ पालिकामा सडक संजालबाट टाढा रहेको क्षेत्र हो । तिलागुफाको भैसी गौडा देखि चिल्खाया हुंदै कतमपुरबाट पादमघाट सम्म सडक निर्माण भएपनि संचालनमा आएको छैन भने खांडाचक्र नगरपालिकाको सेराबाडा देखि पादमघाट जोड्ने सडक पनि अलपत्र परेको छ ।


अहिले महावै गाउँ पालिका अस्थायि केन्द्र रहेको पादमघाटमा हर्क बहादुर सिंह र दिनेश शाहीले पक्कि घर निर्माण गरेको बताइएको छ । उनिहरुले बडो कष्टका साथ पक्कि घर लगाएको बताए । आफुहरुलाई सिंहदरवारको महसुस नभएको बताउदै जुन पञ्चायतकालिन देखिको दुःखमा केही फरक नआएको महावै बासिको गुनासो रहेको छ । आफुले पहिले पनि भारी बोकेर जिवन धानेको हो अहिले पनि भारी बोकेर गुजारा चलाएकै छ कहाँको सिंहदरवार कहाँ आएको हो ।

आफुहरुलाई केही नछोएका बताइएको छ । महावै गाउँ पालिकामा सडक संजालबाट टाढा रहेको क्षेत्र हो । तिलागुफाको भैसी गौडा देखि चिल्खाया हुंदै कतमपुरबाट पादमघाट सम्म सडक निर्माण भएपनि संचालनमा आएको छैन भने खांडाचक्र नगरपालिकाको सेराबाडा देखि पादमघाट जोड्ने सडक पनि अलपत्र परेको छ ।


अहिले पादमघाटमा अस्थायि केन्द्रको नाम मात्र सिमित रहेको काम भने नहुने गरेको बताइएको छ ।स्थानिय तहको स्थापना संगै जनप्रतिनिधिको कार्यकाल समाप्त हुन लाग्दा सबै ठाउँमा गाडी संचालनमा आएपनि महावै गाउँ पालिकाको कुनै पनि ठाउँमा छोएको छैन ।


यहाँका नागरिकहरुले सररर गाडी चढ्ने धोका कहिले पुरा हुने हो पर्खि रहेका छन । महावै गाउँ पालिका वडा न. ५का माओवादी केन्द्रका नेता हर्क बहादुर शाहीले स्थानिय सरकारले आफ्नो आसेपासेको व्यवस्थापन बाहेक अरु केही नगरेको आरोप लगाएका छन ।

भौतिक संरचनाको लागि यातायातका साधन संचालन भएको खण्डमा नमुना बजारका रुपमा अघि बढ्ने स्थानिय मनकोइला सिंहको भनाई रहेको छ । अहिले पादमघाटमा अस्थायि केन्द्रको नाम मात्र सिमित रहेको काम भने नहुने गरेको बताइएको छ ।स्थानिय तहको स्थापना संगै जनप्रतिनिधिको कार्यकाल समाप्त हुन लाग्दा सबै ठाउँमा गाडी संचालनमा आएपनि महावै गाउँ पालिकाको कुनै पनि ठाउँमा छोएको छैन । आफुहरुकै कार्यकालमा महावैमा गाडी पुग्ने स्थानिय जनप्रतिनिधिको भनाइ रहेको छ ।

दैलेख जिल्लाबाट महावुको फेदी सम्म अर्थात कालीकोटको सिमाना सम्म मात्र सडक संचालनमा आएको र सो भन्दा यता कालीकोट सिमामा भने सडक भएपनि यातायातका साधन संचालनमा आउन सकेको छैनन । कस्ले पो के गरेर कहिले गाडी चढ्ने सपना पुरा हुने हुन त्यसको व्यग्र प्रतिक्षामा महावै बासि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित