एमाले सुदुरपश्चिम बैठकको भिम रावल द्धारा असहमति

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(एमाले) सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापाले आज प्रदेश कमिटी बैठक बोलाएका छन्। यसअघि एमाले सुदूरपश्चिम इन्चार्ज रहेका रावलले त्यो १० बुँदे सहमतिको विपरीत भएको बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)बाट आएका भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका छन्। रावलले १० बुँदे सहमति अनुसार, आफूलाई इन्चार्ज बनाउनुपर्ने माग गर्दै आएका छन्।

आज बस्न लागेको प्रदेश कमिटी बैठक १० बुँदे सहमति विपरीत भएको रावलले जिकिर गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, “आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानी १२ को विपरीत छ।”

उपाध्यक्ष रावलले यसलाई गुटबन्दी भनेका छन्। “यो गुटबन्दीको नमूना हो,” रावलले भनेका छन्, “यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित