लामो समय सम्म माल्कोट बसेर प्रकाण्डले के के गरे ?(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपाका प्रवक्ता तथा केन्द्रिय सचिवालय सदस्य खड्गबहादुर वि.क.(प्रकाण्ड) जिल्लाको माल्कोटमा सप्ताह व्यापि भेटघाटमा व्यस्त रहेका छन । प्रतिबन्ध फुकुवा पछि पहिलो पटक केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द(विरजंग)को श्रदाञ्जलि सभामा आइपुगेका प्रकाण्डले कर्नालिका जुम्ला,हूम्ला,मुगु,कालीकोट र दैलेख जिल्लाको बैठक सम्पन्न गरेका छन । उक्त बैठक पछि सयुक्त पार्टी कार्यक्रता प्रशिक्षण कार्यक्रम गरेर, कालकोट जिल्ला कमिटिको बैठक पछि नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा आम सभालाई सम्बोधन समेत गरेको बताइएको छ । २०५४ सालमा प्रहरीको राइफल खोस्ने महिलाहरु प्याउकला विक लगाएतलाई भेटघाट गर्नुका साथै २०७४ सालको स्थानिय निर्वाचनमा प्रतिरोध गर्दा घाइते भएकाहरुलाई समेत भेटघाट समेत गरेका छन ।

सोही दिनमा जनअस्पताल निर्माणका लागि सिलान्यास, पारिवारिक भेटघाट(बुवा पहले विक सहित घरमा रहेका छोरी जुवाई संगै बसेर भलाकुसारी) समेत गरेका छन । त्यसै गरी नरहरिनाथ गाउँ पालिकामा रहेका ९१ जना शहिद परिवारलाई भेटघाट गरेर प्रचण्डहरुले जस्तै आफुहरुले शहिदहरुको रगतलाई नभुल्ने प्रतिवद्धता गरेका छन । माल्कोट बसाइका क्रममा साथमा रहेका केन्द्रिय सदस्य एटम विसि,डण्डमान विक,विवेक कुमाल, कर्ण भण्डारी लगाएतका नेताहरुको साथमा जनस्तरमा समेत भेटघाट गरेका हुन । आफ्ना गाउँमा रहेका सबै आफन्त तथा माल्कोट नजिक रहेका पांग्र लगाएतका टोलमा पुगेर भेटघाट गरेको बताइएको छ ।
यो पनि पढ्नुहोस ।
१.माल्कोटमा प्रवक्ता प्रकाण्डले कालीकोटको लालु लैफु सडक डवल लेनको निर्माण गर्ने,कालीकोटको १ सय ५० परिवारलाई उज्यालो गाउँ बनाउन सोलार वितरण गर्ने,भात्तडी र जारकोटमा आवत जावतका लागि फेरी निर्माण गर्ने र धांचु खोला जलविद्युत निर्माण गर्ने लगाएतका निणर्य गरिएको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले बताउनु भएको छ । विकास निर्माण गर्नका लागि निर्माण विभागको टोलिले सभे समेत गर्न शुरु गरेको बताइएको छ ।उक्त टोलिमा प्रकाण्डका छोरा नरेन्द्र विक(इन्जिनियर) समेत सहभागि भएका छन । कालीकेट जिल्लमा यस अघि खुलालु देखि माल्कोट जाने ६ सय मिटर सडक निर्माण गर्दै गर्दा पार्टी माथि प्रतिबन्ध लगाएपछि सडकको काम बन्द भएको थियो ।
२.घरका सम्पूर्ण सदस्यहरु जनयुद्धमा सहभागि भएर प्रकाण्डका दुई भाईहरु यौद्धा र कोपिला शहिद भइसकेका छन भने शान्तिकालमा महिला नेतृ तथा प्रकाण्डको बहिनि गोरिकला विक(मानुषि)भिरबाट लडेर मृत्यु भएको थियो । घरमा रहेका आमा वुवालाई स्याहार सुसार गर्नका लागि कोही नभएपछि प्रकाण्डको कान्छि बहिनि जैपुरा विक(शर्मिला)ले घर धान्दै आएकी छन । आमा भरता विकको यस अघि निधन भइसकेको छ भने बुवा पहले विकलाई हेरचाह गर्न तिलागुफाको छाप्रेमा बैबाहिक संबन्धमा बाधिएकी जैपुरा विकले वुवाको रेखदेख गर्दै आएकी छन ।
३. प्रकाण्ड सहित दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन । उनिहरु संगै स परिवार रहेपछि घरमा कठिनाई व्यहोर्दै आएपनि युद्धकालमा घरमा आगजनि भएका कारण छाप्रो(गोठ)मा बस्दै आएका परिवार जनता आवास कार्यक्रम मार्फत निर्माण गरिएको घर प्रयोग गर्दै आएका छन ।

माल्कोटमा तत्कालिन समयमा जातिय विभेदका कारण शैक्षिक क्षेत्रलाई तिलाञ्जलि दिएर राजनैतिक शुरु गरेका प्रकाण्ड कालीकोटका डाइनामिक नेताका रुपमा चिनिदै आएका छन ।दुई पटक सरकारका मन्त्रि भइसकेका प्रकाण्डले कालीकोटबाट मात्र नभई सिंगो कर्नालिबाट पहिलो पटक दलित नेताले २०६४ सालको निर्वाचनमा २७ हजार मत ल्याई विजयि भएका थिए ।
४. आफुलाई हाइ प्रेफाइल नेताका रुपमा राखेर महत्वकांिक्ष मानिएका प्रकाण्ड पछिल्लो समय भने जनस्तरमा चासो दिन थालेका छन । आफु विपक्षिलाई तान्न सक्ने संबन्ध कायम भएको जानकारहरु बताउटछन । उनको स्वभावका कारण जनयुद्ध देखि हाल सम्म विरोधि रहेकाहरु पनि पछिल्लो समय कालीकोटका लागि नभई कर्नालि प्रदेशमा उनको आवश्यक्ता खड्केको महसुस गर्न थालेका छन ।

अहिलेको कालीकोट बसाई र भेटघाटलाई चुनावि मावल तयारीका रुपमा होकी भन्नेहरु पनि विश्लेषण हुन थालेको छ । कालीकोट जिल्लामा छोटो बसाई गरेर फर्किने गरेका प्रकाण्ड यस पटक भने बसाई लामो गरेका छन ।
५.जनयुद्धका सपना पुरा गर्न असक्षम भएको भन्दै नेकपा माओवादीबाट विद्रोह गरे नेकपा माओवादी(बैद्य) नेतृत्वमा लागेका प्रकाण्ड सो पार्टीमा समेत राम्रो काम नगरेको भन्दै विप्लव नेतृत्वको पार्टी खडा गरेर अहिले एकिकृत जनक्रान्तिको नारा दिएर जनमत संग्रह मार्फत बैज्ञानिक समाजवादका लागि अघि बढ्ने कार्यक्रताहरुलाई प्रशिक्षण दिदै हिड्ने गरेको पाइएको छ । विप्लव नेतृत्वको नेकपाले प्रतिबन्ध फुकुवा पछि जनस्तरमा जनमत संग्रहका बारेमा व्यापक मात्रमा छलफल चलाएको छ ।

विपक्षिहरुले भने अहिले जनमत संगहको समय नभएको बताउदै आएका छन । केपि वलि नेतृत्वको सरकार संग तिन बुद्धे सहमति गरेको विप्लव नेतृत्वको नेकपाले कार्यन्वयन नभएको भन्दै पटक पटक सरकार संग छलफल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित