कालीकोट । प्रेस सेन्टर कालीकोटको दोस्रो सम्मेलनमा शुभकामना मन्तब्य दिदै नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले पत्रकारहरुले श्रमजिबि हुनुका साथै कलम सहि ढंगले चलाउन अनुरोध गर्नु भएको छ । अध्यक्ष बिष्टले नेपाल पत्रकार महासंघले कालीकोटमा महिला पत्रकारको बिकाश गर्न योजना बनाएको बताउनु भयो । अध्यक्ष बिष्टले बुहारी पत्रकारीता अक्षय कोषको स्थापना गरेको बताउदै यसको सहि ढंगले अघि बढाउने बताउनु भयो । त्यसै गरी अध्यक्ष बिस्टले दलित पत्रकार अक्षयकोषको ब्यबस्थापन गरेको र त्यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाइ सम्मान गरिने बताउनु भएको हो । महासंघले पत्रकारका क्षमता बिकाशमा गर्न नसकेको र आगामी दिनमा यसलाइ अघि बढाउने बिश्वास ब्यक्त गर्नु भएको छ । साथै आउने नयाँ नेतृत्व कलमजिबि हुने बिस्वाश ब्यक्त गर्नु भएको छ ।
Discussion about this post