प्रेस सेन्टर कालीकोट द्धारा को को भए युद्ध पत्रकार सम्मानित ?

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा इतिहांसकै सबै भन्दा बढि पत्रकारहरु सम्मानित भएका छन । नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर कालीकोटले कालीकोटका युद्ध पत्रकारलाई सम्मान गरेको हो ।

जिल्लामा जनयुद्धका समयमा लिथोबाट जनतालाई सुसुचित गर्ने तत्कालिन कान्तिपुर दैनिकका कालीकोट सम्वाददाता काशिचन्द्र बराल देखि रुपेन्द्र ऐडी सम्म सम्मानित भएका हुन । युद्धकालमा पत्रकारिता गरेका देविराम देवकोटा,महारुद्र आचार्य,पर्व शाही, काली बहादुर महतारालाई सम्मान गरिएको हो । त्यसै गरी कालीकोट जिल्लाको पहिलो अनलाइन कर्नालि संचारका संचालक रुपेन्द्र ऐडीलाई सम्मान गरिएको छ ।

सम्मानित ऐडीले २०७१ सालमा पहिलो पटक अनलाइृन पत्रिकाको संचालन गरेका हुन । जनयुद्धका समयमा जनादेश लगाएतका पत्रिका र एफ एम रेडियोहरुमा कार्यरत युद्ध पत्रकारहरु काशिचन्द्र बराल, देविराम देवकोटा र पर्व शाही रहेका छन ।

त्यसै गरी शान्तिकालमा संचार क्षेत्रमा काम गर्ने तत्कालिन क्रान्तिकारी पत्रकार संघको नेतृत्व गर्दै आएका नेपाल पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष समेत रहेका महारुद्र आचार्य समेत सम्मानित भएका हुन । हिमाल एफ एम हुंदै रेडियो भेक आवाजमा काम गर्नु भएका कालि बहादुर महतारा समेत सम्मानित भएको बताइएको छ । प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलनबाट आधा दर्जन बढि सम्मानित भएका हुन । त्यसै गरी पछिल्लो समय जनताको पक्षमा निरन्तर खवर प्रवाह गर्ने कालीकोटको एक मात्र रेडियो प्रदेश आवाजलाई समेत सम्मानित गरिएको हो । जिल्ला सदरमुकाम मान्ममा रहेको कान्छो रेडियो प्रदेश आवाज छोटो समयमा स्थापित भएको छ ।

जिल्लामा पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारहरुलाई सम्मान गरेकामा सबैले बधाइ दिएका छन । क्रान्तिकारी पत्रकारको इतिहासंमा एउटा हातमा कलम र अर्काे हातमा बन्दुक भिरेर पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्नु राम्रो भएको बताइएको छ ।

सम्मान पाउनेहरुले शुरु गरेको क्रान्तिकारी पत्रकारहरुको इतिहासं र कृष्ण सेन इच्छुक लगाएतका शहिदहरुले बगाएको रहतको प्रेस सेन्टर कालीकोटले उच्च कदर गर्दै अधुरा सपना पुरा गर्ने प्रेस सेन्टर कालीकोटका निर्वाचित अध्यक्ष विरेन्द्र आचार्यले बताउनु भयो ।

कालीकोट जिल्लामा एक दर्जन मिडिया हाउसमा प्रेस सेन्टर आवद्ध पत्रकारहरु रहेको बताइएको छ । पहिलो पटक कालीकोट जिल्लामा एक वडा एक पत्रकारहरु उत्पादन गरेर अघि बढ्ने योजना रहेको र आगामि दिनमा पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम संचालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित