नेपालि कांग्रेस कालीकोटले ३० वर्षे साख जोगाउन नेताहरुको ऐक्वाबद्धता

7
SHARES
15
VIEWS

कालीकोट । पार्टीमा आन्तरिक द्धन्दको कारण हरेक विजयलाई पराजय भोग्दै आएको नेपालि कांग्रेस कालीकोटले एकताको सन्देश दिन थालेको छ । २०४८ सालको संसदिय निर्वाचनमा जित हांसिल गरेको कालीकोटमा त्यस यता जिल्लाको कुनै निर्वाचनमा हात पार्न सकेको छैन । २०४८ साल देखि २०५१ साल सम्म माननिय सांसद तिलक प्रसाद न्यौपाने भएपनि तिन वर्ष भित्र मध्यवधि घोषणा भएपछि नेकपा एमालेका यज्ञराज न्यौपाने सांसद भए । त्यस ताका प्रतिद्धन्द्धि तिलक प्रसाद न्यौपाने रहेका थिए ।

सो निर्वाचनमा नेपालि कांग्रेसका विष्ण बहादुर शाहीले पार्टीबाट स्वतन्त्र उम्मेद्धार बने पछि नेपालि कांग्रेसले विजयि हांसिल गर्न सकेन भने २०५६ साल एमालेकै प्रेमबहादुर सिंहले विजयि हांसिल गरेका थिए ।सो समयमा नेपालि कांग्रेस कालीकोटबाट तत्कालिन जिविस सभापति भएका नेत्र बहादुर शाहीले प्रतिष्प्रधि रहेका थिए । त्यस यता निर्वाचन नभएपछि २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेकपा माओवादीका खड्गबहादुर विक(प्रकाण्ड)ले जित हांसिल गरेका थिए ।

संविधिान सभाको प्रतिष्प्रधि हिक्मत बहादुर विष्ट रहेका थिए । पुन २०७० सालमा भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाहीले विजयि हांसिल गरे सो समयमा नेपालि कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाही प्रतिष्प्रधि रेहका थिए । त्यस पछि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमाले विचको गठबन्धनमा नेकपा माओवादी केन्द्रका दुर्ग बहादुर रावतले विजयि हांसिल गरेका थिए । उक्त निर्वाचनमा नेपालि कांग्रेस कालीकोटबाट पुन युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिष्प्रधा गरेका थिए ।

स्थानिय निर्वाचनमा ३० गाविसमा अधिकांस गाविस जितेको कालीकोटमा २०७४ सालको स्थानिय निर्वाचनमा महावै गाउँ पालिकामा एक जना अध्यक्ष मात्र जित हांसिल गरेको छ भने अधिकांस वडाहरु मध्ये न्युन वडाहरुमा मात्र जित हांसिल गरेको छ । विभिन्न निर्वाचनमा पार्टी भिबाट घात भएको नेपालि कांग्रेसको निष्कर्ष रहेको छ ।
कालीकोटमा नेपालि कांग्रेस कालीकोटले १० औं राष्ट्रिय महाधिवेशन पूर्व भएको कालीकोट जिल्लाको सातौं जिल्ला अधिबेसनमा सहमतिको बाटो लियो । लामो समयको रस्साकस्सि पछि कालीकोटमा भागबण्डाका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरेपछि नेताहरुले अन्तरघातका कारण कालीकोटमा नेपालि कांग्रेस हरेक निर्वाचनमा पराजय हुने गरेकाले आउने दिनमा एक भएर जानु पर्ने निष्कर्ष निकालेको हो ।

सहमतिको जिल्ला अधिवेशन पछि पहिलो पटक जिल्लामा बसेको प्रथम बैठकले ३० वर्ष देखिको साख अब जोगाउनु पर्नेमा नेताहरुले जोड दिएको बताइएको छ ।नेपालि कांग्रेस कालीकोटका सभापति अम्म बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अधिकांस नेताहरुले पार्टी एक ढिक्का भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन ।

नेपालि कांग्रेसका नेताहरु भुपेन्द्रजंग शाही,मोतिराज बम,मुक्ति प्रसाद न्यौपाने,दमन शाही लगाएतका नेताहरुले सो प्रतिवद्धता जनाएको जिल्ला कार्यसमिति सदस्य विष्णु न्यौपानेले बताउनु भएको छ ।उक्त बैठकले स्थानिय निर्वाचन,प्रदेश र संघिय निर्वाचनमा बहुमत ल्याउने गरी सबै कार्यक्रताहरुलाई सक्रिय भएर लाग्ने बताइएको छ । नेतहारुले कालीकोटमा कम्युनिष्टले गरेको व्यवहारका कारण वाक्क भएका जनताले नेपालि कांग्रेस अघि बढेको देख्न चाहेको दावि गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित