महेन्द्र शाही रास्कोटीले गाए धामिर्क देखि विकास निर्माण सम्म

7
SHARES
15
VIEWS

कालीकोट । महेन्द्र शाही(रास्कोटी)ले २०६७ साल देखि मुम्बईबाट शुरु गरेको गाएन क्षेत्रमा अहिले सम्म दर्जनौ गित गाएका छन ।

सामाजमा रहेको लोकप्रिय मानिदै आएको ठाडी भाका मध्य तथा सुदुरको प्रमुख गाएन हो । सो क्षेत्रमा थुप्रै कलाकार भएपनि महेन्द्र शाही रास्कोटीले धेरै अडियो तथा भिडियोहरुमा स्वर दिएका छन । उनि इण्डियमा मुम्बै साथि नेपाल आइडलबाट विगत १२ वर्ष देखि निरन्तर गाएन क्षेत्रमा सक्रिय रहेका छन ।

कालीकोटमा हुडकेउलि गितको शुरुवात गरेको बताउदै रास्कोटीले दशैको समयमा घर आउन पाइन भन्ने  गित शुरु गरेको गाएनमा  उनले दर्जाैनौ गित गाइसकेका छन । नरहरिनाथ गाउँ पालिकाको लालुमा जन्मिएका महेन्द्र शाही(रास्कोटी)ले भेट्न आउनु जितेगडा,महावै गाउँ पालिकाको सहयोगमा बरु बनेइ बाज भन्ने गितले स्थान पाएको छ । टिकटकहरुमा भाइरल बनेको उक्त गित पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।

शाहीले सान्नित्रिवेणि गाउँ पालिकाको कठै मेरा सान्नि,मेरो धौलागोह,शुभकालिका गाउँ पालिका,महाबैको डिल्लिकोटैमा, रारा तालैमा,रास्कोटको सिमनाथ,रास्टगुरु योगि नरहरिनाथ,पलांताका दिन फेरिया,हुम्ला ताजाकोटको गित,पचाल झरना खेलाडि बैनि कर्नालि डुबेको,लाल मैना लालुकि  बाढिपहिरो देखि अन्य गितहरु समेत गाएको बताएका छन ।

कर्नालि संचार संग कुरा गर्दै शाहीले आफुले विभिन्न गितमा स्वर तथा अभिनय गरेको र आफ्नो परिवार मोडल आशा शाहीले अभिनयको काम गर्दै आएको बताएका छन । दुबै जना कला सांस्कृतिकको जगेर्ना गर्न लागि परेको र विभिन्न क्षेत्रको सहयोग पाएको समेत बताए ।

कालीकोटमा रहेका कलाकारीता क्षेत्रमा डाइरेक्टर नाच निर्देशनमा आशा शाही र गायकमा शुरेश शाही र पान्डब बिस्ट बाहेक अहिलेका कलाकारहरु भन्दा आफुले सांस्कृतिक क्षेत्रमा अघि रहेको बताएका छन ।

मध्य तथा सुदुरको लोकभाका संस्कृतिको जगेर्ना गर्नका लागि सबै कलाकारहरुले एक ठाउँमा उभिएर आगि पर्नु पर्नेमा उनको जोड रहेको छ । अहिले सम्म कुनै पार्टीमा आस्था नराखेका उनि प्रगतिशिल गाएक बनेर विगतका कलाकारहरुले छोडेर गएका अधुरा कामहरु आफु पुरा गरेर कर्नालिको लोक संस्कृतिमा योगदान दिने बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित