कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटले राष्कोटमा पेट्रोलिएम पदार्थको मूल्य वृद्धि विरुद्ध सिटि जुलुस गरेको छ । ले राष्कोट आरसिपी बजारमा सिटी नेकपाका नेता तथा कार्यक्रतहरुले सिटि जुलुश गरेको बताइएको छ । सिटी जुलुस पछि कोणसभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी(बिराट) र बिबेक कुमालले सम्बोधन गर्दै मूल्य वृद्धि फिर्ता नलिए नेपाल बन्द गर्नुका साथै चरणमा बद्द आन्दोलन गर्ने बताउनु भयो । कोणसभा सभापछी राष्कोट नगरकमिटीको प्रशिक्षण समेत सम्पन्न भएको छ गाउकमिटी सेक्रेटरी निर्देशन सुनारको अध्यक्षता र कर्ण भण्डारी(बिराट) र बिबेक कुमालले प्रशिक्षण दिएको बताइएको छ । नेकपाले मूल्य वृद्धि विरुद्ध कात्तिक ३० गते बन्दको आयोजना गरिएको र कालीकोटमा बन्द सफल पार्न जिल्ला बासिलाइ अनुरोध गरेको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भयो ।
Discussion about this post