रास्कोटमा १२ किलोमिटर सडक कालो पत्रे हुने,सडकको स्त्तर उन्नतिमा समुदायको साथ रहने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा १२ किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।कर्नाली प्रदेश सरकारको लगानीमा सान्निघाट देखि आरसिपी बजार सम्म १२ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । आज रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल लगाएतका सरोकारवालाको उपस्थितिमा छलफल गरिएको छ ।जनप्रतिनिधि,स्थानीय समुदाय,राजनैतिक दल लगाएतका प्रतिनिधिहरुले आफ्नो सुझाब राखेको स्थानीय रत्न महताराले बताए । उनका अनुसार  जिल्ला  पुर्बाधार कार्यलय कालीकोटबाट प्राबिधिक सहितको टोली र निर्माण कम्पनी बिच छलफल भएको हो ।मंगलबार भएको छलफलमा यस अघि ग्रामीण पहुच कार्यक्रमले निर्माण गरेको सडकलाइ बिस्तार गरेर ७ मीटर बनाउदा जग्गाधनी लगाएतले बिना अबरोध काम सम्पन्न गर्ने बारेमा छलफल भएको बताइएको छ ।  के एस सनिदेब जेभिले चार वर्षको अवधिलाइ छोट्याएर दुई वर्षमा सडक कालोपत्रे गर्ने बताइएको छ ।कर्नाली करिडोरको खुलालु पुल संचालन नहुदा काममा ढिलाइ हुन सक्ने के एस सनिश जेभिका प्रतिनिधि अभिसेक श्रेष्ठले बताए ।उक्त पुल मार्फत निर्माण सामाग्री ल्याउने हुदा समयमै पुल सुचारु गर्न श्रेष्ठले अनुरोध गरे । सडक कालोपत्रेको जिम्मा लिएको कम्पनिका प्रतिनिधि अभिषक श्रेष्ठका अनुसार सो सडक कालोपत्रेमा कर्नालि प्रदेश सरकारको लगानिमा निर्माण शुरु गर्ने  बताउदै २५ करोड ५५ हजार ५ सय १२ रुपैयाँ ४२ पैशा बजेट रहेको छ । अहिले स्थलगत सर्भे सहित स्थानीय संग परामर्श गरेर काम अघि बढ्ने श्रेष्ठको भनाइ रहेको छ। अधिकांस सडक ३ मिटर चौडा रहेकाले समुदायको जग्गा अधिग्रहण हुदा समस्य नआउने गरि काम शुरु गरिने भएको छ ।  रास्कोट नगरपालिकामा सडक कालोपत्रेका लागि विशेष जोड दिएर सफल भएको र गौरबको आयोजनाका रुपमा अघि बढाउन अनुरोध गर्दै रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले कर्नाली करिडोरको क्षेत्रमा पहिलो पटक कालोपत्रे रास्कोटमा हुन लागेको बताउनु भयो ।सडक कालोपत्रेमा समुदायले साथ दिने र आफ्नो कार्यकालको ठूलो उपलब्धि भएको प्रमुख बरालले बताउनु भयो । रास्कोटमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) द्वारा रास्कोटको सान्तिघाट देखि सिप्खानाको सेराचौर सम्म १७ किलोमीटर सडक निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित