पादमघाट मेलामा झडप,खेलकुद प्रतियोगिता स्थगित

7
SHARES
15
VIEWS

कालीकोट । चर्चित मेलाका रुपमा रहेको कालीकोटको महावै गाउँ पालिकामा रहेको पादमघाट मेलामा युवाहरुमा झडप भएको छ ।

पादमघाटमा तिन दिन पहिले शुरु भएको मेलामा महावै गाउँ पालिका र खांडाचक्र नगरपालिका विच भलिवल खेल शुरु भएको अवस्थामा एक आपसमा विवाद हुंदा दोहोर झप भएको हो । पादमघाट र डिल्लिकोटका युवाहरु विच झडप हुंदा एक जना घाईते भएका छन । झडपमा दुई पक्ष विच खुकुरी प्रहार समेत भएको आरोप लागेको छ ।

पादमघाट मेला खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने क्रममा गाउँ पालिका अध्यक्ष नन्दबहादुर सिंह र नेकपा माओवादी केन्द्रका महावै गाउँ कमिटि इन्चार्ज खेमबहादुर सिंह विच आपसि विवाद भएको थियो । उक्त विवादमा एक आपसमा भना भन भएर खेलकुद प्रतियोगिता शुरु भएको थियो ।

इलाका प्रहरी कार्यालय पादमघाटका प्रमुख भक्त बहादुर रालका अनुसार झडप हुने देखिएपछि खेल स्थगित गरिएको र जिल्लाबाट थप जनशक्ति ल्याएरु भएपनि खेल पुन संचालन गर्ने बताउनु भयाृ । प्रहरीका अनुसार झडपमा एक जना घाईते भएको र एक जनालाई प्रहरीले नियन्त्ररण लिउको छ ।

युवा मंच पादमघाटका अध्यक्ष अलि सिंहका अनुसार खेल जसरी पनि हुन्छ सुरक्षाको तयारी गरिएको बताउदै खेलाडीहरुलाई धैर्य रहन अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित