तराई देखि पहाडमा रोजगारी गर्ने क्रम बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । दुई वर्ष अघि ठेकादरको साथमा कालीकोट आएका नेपालगंजका अमित नागले आफू लगाएत १० जनालाइ रोजगारी दिएका छ्न । कालीकोटको सदरमुकाम मान्ममा घरमा रंगरोगन देखि प्लास्टर घर निर्माणको काम गर्दै आएको बताए । उनले आफू एक जना ठेकादार संग काम गर्नका लागि आएको हुं । अहिले आफुले नेपालगंजका १० जनालाई रोजगारी दिएको बताए । घर निर्माणको क्रम बढ्न थालेकाले एक पछि अर्को घरमा काम पाउने बताउदै नागले मासिक ३० हजार सम्म कमाइ हुने बताए । उनले तराइमा जनशक्ति व्यापक मात्रमा हुने र काम गर्न प्रतिस्पर्धा हुने गरेको बताए । अहिले जिल्लाको रास्कोट नाग्म लगाएतका ठाउँमा समेत घरको काम गर्दै आएका छ्न ।दैनिक ज्यालादारी रुपमा काममा लगाउदै आएका दक्ष ज्यामी( मिस्त्री)लाई १ हजार दुई सय र अदक्ष कामदारलाइ दैनिक ८ सय देखि १ हजार सम्म पारिश्रमिक दिने गरेको बताए । कालीकोट काम गर्दै आएका नागले जिरोप्वाइन्टमा हेअर कटिङ्गको शुरूवात गर्ने बताए । उनी जस्तै कालीकोटमा एक दर्जन बढी मधेशमा बसोबास गर्नेहरुले मान्ममा हेअर कटिङ्ग देखि घुम्ती लगाएतका अन्य ब्यबसाय गर्दै आएका छ्न ।कालीकोटका स्थानियले भने रोजगारीका लागि बाहिरिने गरेको भएपनी बाहिरबाट आउने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित