काठमाडौ । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ ।बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने छन् । १९ जना सांसद निर्वाचनबाट आउनेछन् ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
Discussion about this post