कालीकोट । नेकपा माओवादी केन्द्र पचालझरना वडा नं ३ काे वडा कमिटिमा सुशील ऐडीकाे अध्यक्षतामा २९ सदस्य कमिटी निर्वाचित भएको छ । सो को उपाध्यक्षमा जस नेपाली,सचिब ऐन कठायत
काेषाध्यक्ष भावना कठायत सर्बसम्मत निर्बाचित भएको बताइएको छ । उक्त सम्मेलनका क्रममा बिप्लव नेकपा र राप्रपाका एक दर्जन बढी कार्यक्रताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । प्रबेश गर्नेहरुमा राप्रपाबाट निलवीर कठायत, राम बहादुर कठायत,बिर्क ऐडी,लाल ऐडि र बिप्लव नेकपा बाट जगत ऐडी,मुनि बस्नेत,भिम बस्नेत लगाएतका नवप्रबेशी रहेको बताइएको छ ।प्रथम वडा सम्मेलनमा नेकपा (माओवादी केन्द्र) पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकको प्रमुख आतिथ्यतामा शुरु भएको र लोकजन कठायत कठायतको विशेष आतिथ्यतामा भएको थियो ।
Discussion about this post