सौचालय प्रयोगको विवाद हुंदा क्वारेन्टाइनमा झडप

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लामा पछिल्लो समय भारतबाट आएका नागरिकहरुको संख्या बढे संगै समस्या बढ्न थालेका छन । क्वारेन्टाइनमा बसेकाहरु बेरोजगार हुने र एक आपसमा बादविवादका कारण झडप हुने क्रम बढेको छ ।

खांडाचक्र नगरापालिकामा आज एक क्वारेन्टाइनमा बसेकाहरु विच सौचालय प्रयोगको विषयमा विवाद भएको बताइएको छ । खांडाचक्र नगरपालिकाको पिलिमा रहेको कालिका माविको क्वारेन्टाइनमा एक पक्षले सौचालय प्रयोग गरेको र अर्काेलाइ चावि दिन नमान्दा झडप भएको छ ।

क्वारेन्टाइनमा बसेकाहरु दलित र गैर दलितहरु विच हाना हान भएका बुझिएको छ । खांडाचक्र नगरपालिकाका वडा न. २का दलित युवाहरुलाई गैरदलित पक्षका युवाहरुले कुटपिट भएको भन्दै आज वडा न. २का वडा अध्यक्ष विर्खसिंह विक सहितको टोलिले पिलि स्थित क्वारेन्टाइनमा आएर वडा न. २ मान्मका युवाहरुलाई भेटघाट गरेको फर्किएको बताइएको छ

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका खांडाचक्र नगरपालिका वडा न. ७का वडाध्यक्ष रज बहादुर मल्लका अनुसार सौचालय सरसफाइका विषयमा विवाद भएको हो झडप ठुलो रुप नदिइ शान्त पार्न प्रहरीले माइकिंग गरेपछि समस्या समाधान भइसकेको वहांले बताउनु भएको छ ।

उक्त सौचालयको प्रहरीले ताला फोडेर समस्या हल गरेको बताइएको छ । अहिले पिलिको क्वारेन्टाइनमा जम्मा एक सय ९६ जना खांडाचक्र नगरपालिकाका समुदाय रहेको र तिनिहरुलाई पांच वटा सौचालय प्रयोगका लागि व्यवस्थापन गरिएको सामान्य विवाद भएको हो । क्वारेन्टाइनमा पानिको लागि १९ वटा धारामा पानि टयांकि सहित जडान गरिएको एक धारा निरन्तर २४ घण्टा पानि आइरहने गरेको छौं ।

सबै व्यवस्थापन हुंदा हुंदै पनि एकै ठाउंमा धेरै जना भएकाले स साना समस्या आएका छन हल गर्दै आएको र केही कठिन हुन नदिएको वडाध्यक्ष मल्लले बताउनु भयो । यस अघि शुभकालिकामा क्वारेन्टाइनमा खाना पकाउने विषयमा विवाद भएको थियो । क्वारेन्टाइनमा बसेकाहरुले विभिन्न बहाना बनाएर सताउने गरेको व्यवस्थापनमा खटिएका हरुको भनाई छ भने आफुहरुलाई व्यवस्थापनमा ध्यान नदिएको क्वारेन्टाइनमा बसेकाहरुको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित