कालीकोट,जेष्ठ ।बुधवार भएको लालिघाट दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रास्कोट नगरपालिका २ निवासि २० वर्षिया निस्पता शार्की रहेको बताइएको छ । वहाँको दाहिने खुट्टा भांचिएर अलग भइसकेको थियो बुधबार कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको निर्देशनमा नेपालि सेनाको हेलिकप्टरमा उपचारका लागि निस्पता सहित दुई जनालाई पठाइएको थियो ।
अर्का घाईते मिन शार्कीको बांया कोखमा छेद परेको अवस्थामा काठमाडौं स्थित किष्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य घाईतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।घटना स्थलमा दुई जनाको मृत्यु भएको थियो ।
Discussion about this post