जिल्लाकै पहिलो प्रबिधी मैत्री बन्यो “डांफे”

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा सूचना र प्रबिधिमा बिकाश हुन थालेको छ। जिल्लाको सान्नित्रीबेणी डांफे माध्यमिक बिद्यालयमा श्रब्यदृस्य मार्फत पठनपाठन हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच सुचना तथा संचार प्रबिधिमा आधारित श्रब्यदृष्य सामाग्री शिक्षण सिकाइ कक्षा उद्घाटन गरिएको छ। विद्यालयका प्रधानध्यापक हिरामणी सिमखाडाको अध्यक्षतामा भएको कार्यक्रममा सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष डम्बर शाहीले उद्घाटन गर्नु भएको हो । पठनपाठनमा सहज होस भन्ने हेतुले श्रब्यदृस्य मार्फत शिक्षण सिकाइ शुरु गरिएको सान्नीत्रीबेणी गाउँ शिक्षा समितिका प्रमुख मोहनबिर धामिले बताउनु भयो ।उद्घाटनका क्रममा बोल्दै गाउँ पालिका अध्यक्ष डम्बर शाहिले डांफे माबी जिल्ला कै नमुना बन्नेमा जोड दिनु भएको छ। वहाँले भन्नु भयो यस अघि पनि डांफे माबीले शिक्षामा राम्रो काम गरेको र पछि अझ थप प्रगती गर्दै जाने बिश्वास ब्यक्त गर्नु भएको बताइएको छ । अब देखि डांफे माबिका बालबालिकालाइ शिक्षण सिकाइमा श्रब्यदृस्य मार्फत पढाइ हुने भएपछी खुशियाली छाएको छ ।शिक्षामा नयाँ कुराको थालनी डांफे माबिले गरेको स्थानीयले बताएका छ्न ,सो कार्यलाइ गाउँ पालिका भरीका विद्यालयमा बिस्तार गर्न अनुरोध गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित