माओवादी केन्द्र पचालझरना र पलातामा प्रमोद र इन्द्र अध्यक्षमा सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को देशभर भएको गाउँ सम्मेलनका क्रममा कालीकोटको पचालझरना र पलाता गाउँ पालिकामा सर्बसम्मत भएको छ । यस अघि पलातामा भएको बिहीबार उद्घाटन  भएको प्रथम गाउँ सम्मेलनको बन्दशत्रबाट बिस्णु रोकाया (इन्द्र)अध्यक्षमा सर्बसम्मत हुनु भएको छ । त्यसै गरी  पचालझरना गाउँ पालिकामा शुक्रबार भएको प्रथम गाउँ सम्मेलनबाट पौरख बिक(प्रमोद) अध्यक्षमा सर्बसम्मत हुनुभएको हो । पचालझरनाको उपाध्यक्ष(खुला) प्रभुजन संज्याल,ललिजन शाही,(समाबेशी) करबिर बिक,सचिब बिरेन्द्र शाही,सहसचिब बिर्ख बिक( सुबर्ण),कोषाध्यक्ष सल्लिता खड्का सहित ५५ सदस्य गाउँ कमिटी सर्बसम्मत भएको बताइएको छ । त्यसै गरी पलाता गाउँ कमिटी उपाध्यक्ष(खुला) मान बहादुर भण्डारी,(समाबेशी) बिरी बिक,ऐनराज महतारा,सचिब लंक बम,सहसचिब रुपबहादुर रोकाया,कल बहादुर बम,दाना न्यौपाने,कोषाध्यक्ष सरिता शाही लगाएत ५५ सदस्य कमिटी सर्बसम्मत भएको हो । शनिबार (आज) घोषणा सभा गरेर प्रमाणपत्र हस्तान्तरण तथा सपथग्रहणको कार्यक्रम राखिएको बताइएको छ । जिल्लामा शनिबार जिल्लाभर सम्मेलन शुरु हुने र नेतृत्व सर्बसम्मत गरिने संघीय सांसद दुर्ग बहादुर रावत( उज्ज्वल)ले बताउनु भएको छ । जिल्लाका ८२ वडामा नेतृत्व सर्बसम्मत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित