दिनेश चंदाराको नेतृत्वमा माओवादी केन्द्र तिलागुफा नगर सम्मेलन सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) तिलागुफा नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन बाट दिनेश चंदाराको अध्यक्षमा सर्बसम्मत हुनु भएको छ । जसको उपाध्यक्षमा मुन बहादुर थापा( मुनाल),उपाध्यक्ष कमल बहादुर शाही,सचिब हस्त बहादुर शाही,कोषाध्यक्ष गिता कुमारी वलि थापा सहित ५५ सदस्य गाउँ पालिका समिती सर्बसम्मत भएको बताइएको छ । संघीय सांसद दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बन्द शत्रमा सर्बसम्मत भएको हो ।आज सम्म जिल्लाका तीन स्थानीय तहहरु पलाता गाउँ पालिकामा अध्यक्ष बिष्णु रोकाया(इन्द्र),पचालझरना गाउँ पालिका अध्यक्ष पौरख बिक(प्रमोद) सर्बसम्मत हुनु भएको छ । आज (शनिबार) जिल्लाका अन्य स्थानीय तहमा गाउँ सम्मेलन शुरु भएर बन्द शत्रमा नेतृत्वहरु बिच छलफल शुरु भएको छ ।भोलि सम्म सबै पालिकाको नेतृत्व सर्बसम्मत हुने नेकपा माओवादी केन्द्र कालीकोटका संयोजक धनजित शाहीले बताउनु भएको छ ।जिल्लाभरका वडा सम्मेलन पनि सर्बसम्मत भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित