कर्णालिमा कोरोना संक्रमितको संख्या ७६३ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,जेष्ठ । कर्णालीमा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या कर्णाली प्रदेशमा ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतका ६, दैलेखका ४८, र काठमाडौं बुढानीलकण्ठ २ निवासी हाल चिङ्गाड गाउँपालिका ५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा.लक्ष्मीनारयाण तिवारीले जानकारी बताउनु भएको छ।

वहाँका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दैलेख डुंगेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिला सहित ३९, बडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ्, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

पछिल्लो समय २ सय ५० जना थपिय संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित