लालिघाट दुर्घटनाका मृतकलाई रास्कोटले राहत दिने

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । लालिघाटमा भएको टिप्पर दुर्घटनाका मृतकलाई रास्कोट नगरपालिकाले राहत दिने भएको छ ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले घटना स्थलमा मृतकका आफन्तलाई १० लाखका दरले राहत दिने घोषणा गर्नु भएको हो । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले तत्काल राहत दिने नभई प्रक्रिया मिलाएर आगामी वर्ष बजेट व्यवस्थापन गरी दिन सकिने बताउनु भएको छ ।

राहत प्रदान गर्नका लागि नगरकार्यपालिकाको बैठक बाट निर्णय भएपछि भुक्तानि प्रत्रिया अगाडी बढ्ने रास्कोट नगर कार्यपालिका सदस्य मन तिरुवाले जानकारी दिनु भएको छ ।

दुर्घटना स्थलमा दुई जना र उपचारका क्रममा एक जना गरी तिन जनाको मृत्यु भएको छ भने एक जना काठमाडौंमा र ४ जना जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको बताइएको छ ।

भारत तथा देश भित्र आएका नागरिकहरुलाई उद्धार गर्ने क्रममा चालकको लापरवाहीका कारण २८ गते टिप्पर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित