रास्कोट कोरोना कोषमा मेरो माइक्रोफाइनान्सको सहयोग

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको रास्कोट नगरपालिकामा कार्यक्षेत्र लिएको मेरो माइक्रोफाइनान्सले कोरोना कोषमा सहयोग गरेको छ ।

आज रास्कोट नगरपालिकाको कोरोना कोषमा १० हजार नगद जम्मा गरेको छ । रास्कोट शाखा प्रबन्धक तिलक बहादुर बोगटीले उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने गरी सहयोग गरेको बताइएको छ ।

रास्कोटमा वित्तिय क्षेत्रमा काम गर्दै आएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.ले ६ सय ५० जना सेवाग्राहीहरु मध्ये ३ सय ७१ जनामा  २ करोड ७१ लाख कर्जा प्रवाह भएको शाखा प्रबन्धक तिलक बोगटीले बताउनु भएको छ ।

काराेना भाईरस (काेभिड-१९) प्रकाेप काे कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सङ्क्रमण न्युनीकरण तथा व्यवस्थापनमा सहयाेग पुग्ने गरि रास्काेट नगरपालिकाकाे प्रकाेप व्यवस्थापन काेषमा रु १०,०००।-(अक्षरुपी रु दश हजार ) जम्मा गर्नुभएकाेमा मेरो माइक्रो फाइनानान्स रास्कोट शाखालाई  धन्यवाद दिएको छ । यस अघि रास्कोट नगरपालिकाका कर्मचारी,स्थानिय तथा अन्य निकायले सहयोग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित