पचाभलझरनाका टोल टोलमा योजना तर्जुमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको पचालझरना गाउँ पालिकाका आगामी वर्षको योजना तर्जुमाको चटारोमा जनप्रतिनिधिहरु सक्रिय भएका छन ।

आर्थिक वर्ष २०७७।०७८का लागि यस अघि पचालझरना गाउँ पालिकाले गरेको निर्णय अनुसार अहिले प्रत्येक वडाहरुमा योजना तर्जुमाको तयारी भएको वडा न.२का वडा अध्यक्ष करविर विकले बताउनु भएको छ । वहाँका अनुसार पहिलो चरणमा टोल स्तरिय योजनाका लागि समुदायबाट सुझाव लिएको र त्यसलाई थप सुदृढ गरी अन्तिम योजना बनाउनका लागि वडा स्तरिय भेला गरेर टुँगोमा पुग्ने तयारी भएको बताउनु भएको छ ।

वडा न. २को योजना तर्जुमाका सहभागिहरु

वडाका योजनाहरुमा सबै समुदायको सुझाव अनुसार तय भएको वडा अध्यक्ष सर्पसिंह बोहोराले बताउनु भएको छ । आज पचालझरना वडा न. ७को योजना तर्जुमा गोष्ठि सम्पन्न भएको वडा सचिव कृष्ण बमले बताउनु भएको छ ।

अहिले वडा न.१ सिकु,वडा न. ३,४,५ देखि ९ सम्म योजना तर्जुमा तयारीमा सबै जुटेको र अषार पहिलो साता गाउँ पालिकामा योजनाहरु पेश गरिसक्ने निति छ अहिले सबै त्यहि कार्यमा लागि परेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार यस वर्ष प्रक्रिया अनुसार आएका योजनाहरुलाई पहिलो प्रथामिकता दिने गाउँ पालिकाको योजना रहेको बताउनु भएको छ ।

अषार ८ गते छैटौं गाउँ सभाको मिति तय भएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

#तस्विर कृष्ण बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित