माओवादी केन्द्र कर्नाली प्रथम प्रदेश सम्मेलन सम्पन्न

7
SHARES
15
VIEWS

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम कर्नालि प्रदेश सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । प्रदेश राजधानी सुर्खेतमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सम्पन्न भएको हो ।

शनिबार सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका थिए ।सम्मेलनमा प्रदेशका १० वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेका थिए । सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा सहितका नेताले सम्बोधन गरेपछी आइतबार शुरु भएको बन्द शत्रमा कर्नाली प्रदेश कमिटी अध्यक्ष राजकुमार शर्माले प्रस्तुत प्रतिबेदन माथी ११ वटा समुहका संयोजकले आ आफ्नो समूहको  सुझाव राखेका छन । सुझाबलाइ समेटदै आगामी दिनमा प्रतिबेदनलाई पुर्णता दिने गरी हलमा प्रतिनिधिले एक मतले पारित गरेका छन।

सोमबार सम्मेलनबाट ९ पदाधिकारी सहित २ सय ११ जनाको प्रदेश कमिटी चयन हुने भएको र पदाधिकारीमा १ अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारी सहित २ सय ११ सदस्यीय कर्नाली प्रदेश कमिटी चयन हुने र २ सय ११ जनामध्ये १० प्रतिशत भने मनोनित हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित