कालीकोट,जेष्ठ । जिल्लाको नरहरिनाथका एक व्यक्तिको मृत अवस्थामा लालिघाटमा सव भेटिएको छ ।
घर जाने क्रममा विहवार लालिघाट पुगेका नरहरिनाथ १कोटबाडा निवासि ६० वर्षिया कालि विष्ट रहेको बताइएको छ । उनि १४ दिन जिल्ला सदरमुकाम मान्मको होटल चन्द्रसुर्यमा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको आरडिटी रिर्पाेट नेगेटिभ आए पछि उनि सहित चार जनालाई घर पठाइएको थियो ।
के केति कारणले मृत्यु भएको हो भन्ने बारेमा खुल्न सकेको छैन । बुधवारको परिक्षणमा चन्द्रसुर्य होटलमा रहेका नागरिकहरु मध्ये १६ जनामा आरडिटी पोजेटिभ देखिएको थियो ।वहांको कोरोनाका कारण मृत्यु भएको नभएको भन्ने बारेमा अहिले भन्न नसकिने जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
जिल्ला स्वसथ्य कार्यालय कालीकोटका प्रमुख कटक महतले मृत्युको कारण अनुसन्धान पश्चात मात्रै भन्न सकिन्छ अहिले होइन ।मृतको स्वाब परिक्षणका लागि पठाइने बताउनु भएको छ ।
Discussion about this post