साइबर अपराधमा कालीकोटका एक युवक काठमाडौंमा पक्राउ

7
SHARES
15
VIEWS

सुर्खेत । अश्लिल भिडियो युट्युवमा प्रशारण गरेपछि टेन्सन ब्रो युट्युव च्यानलका संचालक एक युवक काठमाडौंबाट पक्राउ परेका छन ।

लामो समय काठमाडौं बस्दै आएका कालीकोट पचालझरना ९ निवासि भरत तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर व्युरोले शुक्रबार पक्राउ गरेको बताइएको छ ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका ४ बस्ने भरत बहादुर तिरुवालाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पक्राउ गरेको बताइएको छ ।आइतबार साइबर व्युरोले एक विज्ञप्ति प्रकाशित गर्दै टेनसन ब्रो नामक युट्युव च्यानल मार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउन खोजको भन्दै पक्राउ गरी ५ दिन म्याद थप गरी अनुसन्धान थार्लिएको बताइएको छ ।

प्रहरी प्रवक्ता एवंम प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द्र अर्याल द्धारा प्रकाशित विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । पचालझरना गाउँ पालिका वडा न.९का वडा अध्यक्ष जोरे तिरुवाका अनुसार काठमाडौंमा इलोक्ट्रोनिक काम गर्दै आएका भरतले अरु के काम गर्थ भन्ने कुरा पारिवारिक रुपमा केही जानकारी नभएको बताएका छन ।

प्रहरीले भरत तिरुवालाई विद्युतिय कारोवार ऐन २०६३ अनुसार कार्वाही हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित