माओवादी केन्द्र कर्नाली प्रदेश सम्मेलनमा साढे ६ सय बढिको स्वास्थ परिक्षण

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र) कर्नाली प्रदेश सम्मेलनमा ६ सय बढिले स्वास्थ्य सेवा लिएका छ्न।अखिल नेपाल जनप्रगतिशिल स्वास्थ्यकर्मी महांसंघ कर्नाली प्रदेशले शुरु गरेको स्वास्थ्य सहायता कक्षमा ५ सय३० जना पुरुष र १ सय १८ जना महिला गरी ६ सय ४८ जनाले सेवा लिएको स्वास्थ्यकर्मी प्रकाश अधिकारीले बताए । उनका अनुसार महासंघका कर्नाले प्रदेश समितिका अध्यक्ष कलम थापा लगाएत अन्य पदाधिकारीहरु सुर्य कार्की,दुर्गा आचार्यका  स्वास्थ्यकर्मीहरुको उपस्थितमा स्वास्थ्य सेवा दिएको बताइएको छ । माओवादी केन्द्र कर्नाली प्रदेशको पहिलो सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेकोमा कसैलाइ स्वास्थ्य सेवामा केही समस्या आउन नदिन सहायता कक्ष स्थापना गरी स्वास्थ्य सेवा दिएको दुर्गा आचार्यले बताउनु भयो । वहाँका अनुसार सो अवधिमा ८ हजार सर्जिकल मास्क बितरण गरिनुका साथै एन्टिजेन चेकजाँच,सेनिटरीप्याड,सेनिटाइजर समेत बितरण गरिएको बताउदै कार्यक्रम स्थलमा प्राथमिक तथा आकस्मिक सेवा दिएको स्वास्थकर्मी महासंघले जनाएको छ । महासंघले सम्पुर्ण औषधि निशुल्क उपलब्ध गराएको बताइएको छ । नेकपा ( माओवादी केन्द्र)कर्नाली प्रदेशले स्वास्थ्यकर्मी महासंघलाइ धन्यवाद दिएको प्रदेश कमिटी सचिब रामदिप आचार्यले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित