हुम्लाको खार्पुनाथलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

7
SHARES
15
VIEWS

काठमाडौं, जेठ। वरिष्ठ कलाकार हरिवंश आचार्य, गायीका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनीधि कल्पना क्षेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिना, रोटरी अभियन्ता विष्णुहरी दाहाल लगायतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

खार्पुनाथ  गाउँपालिका लागि यि संस्थाहरुले २० थान पीपीइ, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर तथा २४ थान फस्र्ट एड किट्स बक्स वितरण गरेका हुन् । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले हुम्लाको खार्पुनाथ गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

सामाग्री हस्तान्तरण गर्दै उक्त सहयोगी संस्थाले मातृकाप्रसाद कोइराला स्मृती प्रतिष्ठान मार्फत कोशी अञ्चल अस्पताल तथा विराटनगरस्थित काली मन्दिर र अतिथि सदनमा रहेका क्वारेन्टिनका लागिसमेत २० थान पीपीई, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, स्यानिटाइजर तथा १० थान फस्र्ट एड किट्स बक्स उपलब्ध गराएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले बताउनु भयो ।

व्यवसायी जनकराज भारती तथा देवेन्द्र शाही ठकुरीको समन्वयमा हुम्लाका प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा मार्फत स्वास्थ्य सामाग्री खार्पुनाथ गाँउपालिका पठाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित