चीनबाट २५ थान पिसिआर मेसिन ल्याइँदै

7
SHARES
15
VIEWS

काठमाडौं जेष्ठ । नेपालमा पिसिआर परिक्षणको दायरा बढाउने उद्देश्य सहित २५ थान पिसिआर मेसिन चिनबाट ल्याउने तयारी भएको छ । हाल देशभर पिसिआर परिक्षणको लागि समस्या आईरहेको समयमा चाप बढेपछि स्वस्थ्य सामाग्रि खरिद गर्न लािगएको हो । एकै दिनमा १२ हजार बराबरको पिसिआर परीक्षण गर्न स्वस्थ्य सामाग्रि खरिद गर्न विद म्यानेजमेन्टले २५ थान मेसिन ल्याउने तयारी थालेको छ।

पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो।

चीनबाट ती सामान आयात गर्न लागिएको र एक हप्ता भित्रै काठमाडौँ आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिनु भएको छ । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ।

झण्डै रु ३० करोड बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएम समेत आयात गर्न लागिएको बताउनु भयो।

सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजार जनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ। लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो।

भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो।

पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ। ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजार जनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित