कालीकोट,जेष्ठ । जिल्लाको महावै गाउँ पालिकामा लगाएको अन्नवालि तथा तरकारी खेतिमा फैलिएको पहेलो लहरा(आकाशे लहरा)ले वालिनालिलाई असर गरेको छ ।
पहिले जंगलका बोट विरुवामा लाग्ने उक्त आकाशे लहरो का नामले चिनिने पछिल्लो समयमा गहुंवालि,तरकारी तर्फ प्याज,आलु लगाएतका वालिमा फैलिएर उत्पादन हुन नदिने गरेको महावैका ६का बलबहादुर शाहीले बताउनु भएको छ । वहांले आफुले लगाएको प्याजमा देखाउदै भने पहिले किनारामा देखिएको थियो तर झेल्दै गएपछि बारिको विच सम्म फैलिएको छ । वहांले भन्नु भयो नष्ट गर्ने केही छैन जति वालिनालि नष्ट गरेपनि हेरेर बस्नु बाहेक अरु विकल्प नभएको बताउनु भयो ।
अहिले महावै गाउँ पालिकाका अधिकांस गाउँमा यस लहराले सताउने गरेको स्थानियको गुनासो छ । पछिल्लो समयमा व्यापक बढेको हो । यसका बारेमा छिट्टै विकल्प खोज्नु पर्ने स्थानिय महावै ५ गणेशकोटका सृजना शाहीको भनाई रहेको छ । जहांतहि पहलै पहेलो छ ।
जम्मै बालिलाइ बेरेर हुर्कन दिदैन के गरेर नष्ट गर्ने कृषकहरु चिन्तित भएको वहांको भनाई रहेको छ ।
Discussion about this post