पलातामा वृद्धभत्ताकै लागि वृद्ध बमको ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पलाँता गाउँ पालिकामा वृद्ध भत्ताको खाता संचालन गर्न जाने क्रममा एक महिलाको बाटोमै मृत्यु भयको छ । पलाँता ३ पनेराकि टिउकी बम को पलाँता २ को सैनमा बाटोमा हिड्दा हिड्दै मृत्यु भएको हो । करिब ६५ वर्षिया बम को स्थानीय सरकारले  बैक मार्फत भुक्तानी गर्ने भने पछी खाता संचालन गर्न आएकी बमको मृत्यु भएको हो ।बैंक खाताका लागि भिड हुने भएकाले समयमै पुगेर घर फर्किने भन्दै घरबाट गएकी बम को बाटोमै मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ । पलाता गाउँ पालिकाले वृद्ध भत्ताको लागि खाता अनिवार्य भएको र खाता खोल्न बैकमा सम्बन्धित ब्याक्ती पुग्नै पर्ने भनेपछी करीब २० किलोमीटर पैदल यात्रा गरेर बैकमा खाता खोल्न जाने हरुको संख्या बढदो क्रममा रहेकोछ । पचाल झरना गाउँ पालिकाको सिमानामा पर्ने थिर्पुमा रहेको नबिल बैक २० किलोमीटर मात्र नभएर पलाँताको भैगोलिक हिसाबले धेरै टाढा रहेको छ । पलाता गाउँ पालिका वडा नम्बर पाँचको डाब बार्खे भन्ने बस्ती बाट करिब ५० किलोमीटर टाडा रहेकोछ । गाउँ पालिकाको सेन्टर वडा नम्बर दुईको लोडेमा तोकेको भएपनी हालसम्म जनताले सेवा दुर्सी  बाट र थिर्पु बाट लिदै आयका छन । नबिल बैक को सेवा दुर्सिमा ल्याउनु माग आएपनि जनताले सरकार संग आग्रह गर्दा पनि बैकले सर्न आनाकानी गरेको सरकारले बताउदै  आएको छ।
चर्चाम रहेको पलाँता गाउँ पालिकासंग चारवटा सार्वजनिक गाडी भएपनी सर्ब साधारणले त्यसको उपयोग गर्न पाएका छैन ।
उक्त गाडी ११ किलोमीटर सम्म मात्र गुड्ने भएकाले र छ महिना आराम गर्ने गरेक छन । कर्नाली नदिमा गाडी तारेको खाली हाँडी गाउँको जात्र भएको स्थानियको गुनासो गर्दै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित