कालीकोट । सत्ता साझेदार राजनैतिक दलको बैठक सम्पन्न भएको छ । नेपालि कांग्रेस कालीकोटको पार्टी कार्यालयमा भएको बैठक राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रित भएको बताइएको छ ।
जिल्ला स्थित नेपालि कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा(एकिकृत समाजवादी) र जनता समाजवादी पार्टीको सयुंक्त बैठक बसेको हो । उक्त बैठकले देशभर हुने राष्ट्रिय सभाको निर्वाचनका लागि जिल्लामा ९ गते उपस्थित हुने र १२ गतेको निर्वाचनमा सत्ता गठबन्धन दलहरुका साझा उम्मेद्धारलाई विजियि गराउने निणर्य भएको बैठकमा सहभागि नेकपा(माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य महेन्द्र शाहीले बताउनु भएको छ ।
बैठकमा नेपालि कांग्रेसका पार्टी सभापति अम्म बहादुर शाही,नेकपा(एकिकृत समाजवादी)का उपाध्यक्ष चित्र सिंह गाउँले,नेकपा माओवादी केन्द्र)का महेन्द्र शाही र जनता समाजवादीका माधव उपाध्ययको सहभागित रहेको बताइएको छ ।
बैठकले जिल्ला स्तरिय संयन्त्र समेत निर्माण गरिएको बताइएको छ ।राष्ट्रिय स्तरको सत्ता गठबन्धन पछि जिल्लामा पहिलो पटक बैठक बसेको हो ।
Discussion about this post