नवलपरासीमा गाडी खस्दा गाउँपालिका अध्यक्षको मृत्यु

7
SHARES
15
VIEWS

बुटवल जेष्ठ । नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ।  वहाँ  सवार गाडी आइतबार बर्दघाट नगरपालिका वडा नम्बर-४ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताउनु भएको छ ।

घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याइए पनि अध्यक्ष शर्माको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियोमा सवार अध्यक्ष शर्माको मृत्यु भए पनि वहाँ सँगै सवार हरिला रज्जाक घाइते छन्।

दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते रज्जाकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित