कर्नालिमा थप ५२ कोरोना पुष्टि,जम्मा संक्रमित संख्या ९६७

7
SHARES
15
VIEWS

सुर्खेत जेष्ठ । पछिल्लो २४ घण्टामा कर्नालि प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।

कर्नालि प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्नालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरीएको परीक्षणबाट थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरुमा दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भएको छ। वहांका अनुसार कर्नालिमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ ।

संक्रमित मध्ये सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका(१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।
दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका रहेका छन ।

जस्मा नौमुले गाउँपालिकाको वडानम्वर नं। १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेको बताइएको छ । त्यसै गरी दैलेख जिल्लाको नारायण नगरपालिकाका वडा नं.२ का दुईजना पुरुष रहेका छन् ।

कर्नालिमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको  छ ।
आइतबार दैलेख अस्पतालबाट २ जना र कर्नालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना गरी तीनजना डिस्चार्ज भएकोे स्वस्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित