कालीकोट। कर्नालि प्रदेशका उच्च हिमालि जिल्लाहरुमा चिसो बढेको छ शुक्रबार देखि हिमपात शुरू भएपछि चिसो बढेको हो । हिमपात भए संगै कर्नालि प्रदेशका उच्च हिमाचलि जिल्लाहरु हुम्ला,जुम्ला,डोल्पा,कालीकोट, मुगु तथा जाजरकोटका माथिल्लो क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
शुक्रवार परेको वर्षाका कारण सिमकोट,गमगडी लगाएतका क्षेत्रमा हिमपात भएको हो । यस पटकको गरेर तेस्रो पटक हिमापात भएको बताइएको छ । कालीकोटको तिलागुफाको फोइमहादेव, रांचुलि,चिल्खाया लगाएतका ठाउमा हिमपात भएको बताइएको छ ।
हिमपातका कारण कयौं जिल्लामा संचार सेवा अवरुद्ध हुनुका साथै आवतजावतमा कठिनाई आएको बताइएको छ । हुम्लाको नाम्खा गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित भएको छ।यहाँका बासिन्दाहरु अहिले दाउराको जोहो गरेर आगो ताप्न थालेका छन । हिमापत संग आएको वर्षाले हिंउदे वालिमा भने सहजता ल्याएको कृषकहरुले बताएका छन ।
Discussion about this post