रास्कोटमा ६०० घरमा मिटर सहितका खानेपानिका धारा

7
SHARES
15
VIEWS

कालीकोट,अषार ।जिल्लाको रास्कोट नगरपालिकामा समुदायलाई स्वच्छ खानेपानिमा पहुंच पुगाउन एक घर एक धारा निर्माण हुने क्रम बढेको छ ।

वडा न. ७को राजखोला खानेपानि आयोजनाका ६३ घर धुरी र बालुखेत खानेपानि आयोजनामा ५३ घरमा धारा जडान भएको बताइएको छ । उक्त खानेपानिमा मिटर सहितका धारा जोडिएको गणेश रावलले बताउनु भएको छ ।

कार्यपालिका सदस्य तथा युनिसेफ फोकल पर्सन मन तिरुवाले यस अघि वडा न. ६ का वस्तिहरुमा १ सय २५ एक घर एक धारा जडान भएको बताउनु भएको छ । त्यसै गरी १सय घरमा धारा सम्पन्न भएका छन भने ५० घरमा निर्माणाधिन अवस्थामा रहेको बताइएको छ ।वडा न. ९मा एक सय ८० घरमा सम्पन्न भइसकेका छन भने वडा न. ३मा ५० घरमा निर्माणाधिन रहेका छन ।

कार्यपालिका सदस्य मन तिरुवाका अनुसार यस आर्थिक वर्ष भित्र नगरपालिकाका ६ सय घरधुरीमा स्वच्छ खाने पानि पुगाउने लक्ष्य लिएको र आगामी आर्थिक वर्षमा नगरपालिकाका सबै वडाहरुका वस्तिमा खानेपानि पुगाउनका लागि वजेट व्यवस्थापन हुने बताउनु भएको छ ।

हाल युनिसेफ नेपालको एक करोड र नगरपालिकाको ५० प्रतिशत लगानिमा खानेपानि तथा सरसफाई क्षेत्रमा काम भइरहेको बताउनु भएको छ ।

मिटर सहितका धारा जडान गरेको नगरपालिकाले नगरवासिको स्वस्थ्यलाई ध्यान दिदै गुरु योजना बनाई खानेपानि तथा सरसफाईमा विशेष जोड दिदै आएको र आगामी वर्ष पनि खानेपानि तथा सरसफाई क्षेत्रलाई प्राथमिकता दिने नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । वहांका अनुसार जिवन प्रवद्धन कार्यक्रम मार्फत प्रत्येक टोलमा सन्तुलित आहार व्यवस्थापन देखि घरायासि क्रियाकलापहरुलाई व्यवस्थापन गर्न जोड दिदै आएको बताउनु भएको छ ।

रास्कोट नगरपालिकामा पछिल्लो समय सडक,विद्युत र खानेपानिमा उल्लेखनिय प्रगति गरेको स्थानिय तहका रुपमा चिनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित