बर्दिया ठाकुरबाबाले गर्यो पूर्व जनमुक्ति सेनालाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवसको अवसरामा ठाकुर बाबा नगरपालिका बर्दियाले पूर्व जनमुक्ति सेनालाई सम्मान गरेको छ ।

२७औं जनयुद्ध दिवसका अवसरमा ठाकुरबाबा नगरपालिका सैनवारले सम्मान गरेको हो । नगरपालिकामा रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । बर्दिया भुरिगाउँमा बस्दै आएका मान बहादुर खड्का(महेन्द्र)र उनको परिवार धुर्वा खड्का(धारणा) लगाएतका एक सय जना पूर्व जनमुक्ति सेनाका यौद्धाहरुलाई दोसल्ला र प्रशंसा पत्र सहित बलांकेट प्रदान गर्दै सम्मान गरेको हो ।

उक्त सम्मानले जनमुक्ति सेनामा गरेको कामको उच्च कदर भएको पूर्व पिएलए संघका ठाकुरबाबा नगरपालिका सचिब मान बहादुर खड्काले बताए । जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई सम्मानका लागि माग राखेको र उक्त बजेटमा व्यवस्थापन गर्दै ८० जना पूर्व जनमुक्ति सेना नेपालका सदस्य तथा कमाण्डरहरुलाई सम्मान गरिएको बताइएको छ ।

बदिर्याका ठाकुरबाबा नगरपालिका नेकपा(एमाले)का मेयर नेकपा (माओवादी केन्द्र)बाट उपमेयर निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित