रास्कोटमा एमाले कांग्रेसमा पहिरो,दुई दर्जन बढि माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा गरिएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)मा दुई दर्जन अन्य पार्टीका कार्यक्रता प्रवेश गरेका छन ।

नेकपा(माओवादी केन्द्र)रास्कोटले आयोजना गरेको कार्यक्रममा नेकपा(एमाले)बाट  भिम प्रसाद बराल नेपालि कांग्रेसबाट रत्न मान रोेकाय,दल रोकाया,विर्खे सार्की,हरि चन्द्र रोकाय धिरेन्द्र रोकाया,विरेन्द्र शाहि,हिमाल रोकाया,उदयराज वम र राप्रपाबाट कल रोकाया लगाएतका २४ भन्दा बढि कार्यक्रता प्रवेश गरेका हुन ।

नेकपा(माओवादी केन्द्र) रास्कोट नगरकमिटि अध्यक्ष धर्मराज शाही(पोषण)को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय लेखा आयोगका सदस्य काशिचन्द्र बरालको उपस्थिति सहितका नेताहरुले आगामी निर्वाचनमा रास्कोट नगरपालिकामा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने गरी प्रत्येक टोल टोलमा अभियान संचालन गर्ने बताइएको छ ।

रास्कोट नगरपालिकामा स्थानिय सरकारले गरेका राम्रा कामको व्यापक प्रचार प्रसार गर्द अघि बढ्ने र आगामि दिनमा रास्कोट नगरलाई स्मार्ट शहर बनाउन माओवादी बाहेक अन्य कुनै दल संग भिजन नभएको बताउदै कार्यक्रमका प्रमुख अतिथि लेखा आयोग सदस्य बरालले सबैलाई अटाउने पार्टी भनेकै माओवादी भएको दावि गर्नु भएको छ ।

रास्कोट नगरपालिकामा माओवादी केन्द्रले जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान गर्दै कार्यक्रताहरुको उपस्थितिमा आन्तरिक समिक्षा समेत गरेको बताइएको छ ।

स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा माओवादी केन्द्रले जिल्लाका विभिन्न ठाउँमा पछिल्लो समयमा भेला बैठक तथा प्रशिक्षण कार्यक्रम तिव्र पारेको जिल्ला संयोजक लक्ष्मि चौलागाईश(शैलेन्द्र)ले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित