कालीकोट । एमसिसी विरुद्ध आयोजना गरिएको नेपाल बन्दले कालीकोट सुनसान भएको छ । आज (बुधबार)एमसिसी संसदमा टेबल हुन लागेको भन्दै बिप्लव नेकपा लगाएतका दलले आयोजना गरेको नेपाल बन्दले सदरमुकाम मान्म बजार सुनसान देखिएको छ भने सडक कलकारखाना लगाएत सबै बन्द रहेका छ्न । कालीकोट जिल्लामा एमसिसी विरुद्ध युवा तथा विद्यार्थीले बिरोध गर्दै आएका छ्न । बन्द पुर्ब बिप्लव नेकपाले जिल्लाका विभिन्न स्थानमा मंगलबार सांझ मसाल जुलुस समेत गरेको बताइएको छ ।नेपाली जनता माथिको आघात पुग्ने एमसिसी पारित नहुन दिन कालीकोट बासिले साथ दिने बिप्लव नेकपा कालीकोटका सेक्रेटरी रणदिपले बताउनु भएको छ ।
Discussion about this post