एमसिसि विरुद्ध माओवादी केन्द्र द्धारा माल्कोटमा विरोध प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) नरहरिनाथले एमसिसि विरुद्ध माल्कोटमा विरोध प्रदर्शन गरेको छ । नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश कमिटि सदस्य तुलराज विक(दैलेखि) र नरहरिनाथ गाउँ कमिटि अध्यक्ष मनशोभा बुढा(आशा)को उपस्थितिमा माल्कोटमा र्यालि सहित प्रदर्शनि गरिएको बताइएको छ । नेपालमा एमसिसि कुनैपनि हालतमा लागु हुन सक्ने भन्दै विरोध जनाएका छन । विरोध प्रदर्शनमा बोल्ने वक्ताहरुले बरु सरकारबाट बाहिर आउनु पर्ने तर एमसिसिका लागि माओवादी केन्द्र अलग रहनु पर्नेमा नेताहरुलाई सुझाव दिएका छन ।

उक्त प्रदर्शन पछि नरहरिनाथ गाउँ पालिकाको वडा न.६ माल्कोटका नेता तथा कार्यक्रताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम समेत गरिएको बताइएको छ ।प्रशिक्षण कार्यक्रममा बोल्दै कर्नालि प्रदेश कमिटि सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला इन्चार्ज तुलराज विकले आउदो स्थानिय तहको निर्वाचनमा कालीकोटलाई लालकिल्ला बनाउनका लागि सबै लाग्नु पर्ने त्यस भित्रको नरहरिनाथ गाउँ पालिकाले माओवादी केन्द्रलाई विजयि गराउन सबै नेता तथा कार्यक्रताहरु युद्धस्तरमा लागि पर्ने निर्देशन दिनु भएको बताइएको छ ।

त्यसै गरी नरहरिनाथ गाउँ कमिटि अध्यक्ष मनशोभा बुढाले नरहरिनाथको इतिहांस भनेको वलिदानको इतिहांस रहेकाले यहाँका हरेक समुदाय माओवादी केन्द्रको गोलाकार हसिया हतौडा अंकित झण्डामा गोलबन्द भइ माओवादी केन्द्रलाई विजयि गराउन लागि पर्नु पर्ने बताउनु भएको छ ।

पछिल्लो समयमा माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटिले सबै वडाहरुमा राजतैतिक गतिविधि तिव्र पारेको छ । गाउँ कमिटि अध्यक्ष मनशोभा बुढाले सबै वडामा जनभेटघाट तथा कार्यक्रता केन्द्रित कार्यक्रम सम्पन्न गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित