कालिकोट,असार । जिल्लाको रास्कोट नगर पालिकामा चौथो चरणको राहत बितरण गरियको छ ।
सहयोगी हातहरुको समूह ( साहस)नेपालको सहयोगमा नगरपालीका प्रत्य्येक वडा बाट छानीयका परिवार लाइ वितरण गरियको नगरपालिकाका प्रबक्ता टक्क फर्सालले बताउनु भयको छ । वहाँका अनुसार नगरपालिका भरी १ सय ३७ जना बिपन्न घर परिवारलाइ दाल,चामल,तेल लगायतको खाद्यान्न दियको बताउनु भयो ।
यस अघि नगरपालिका, प्लान नेपाल लगायतको सहयोगमा १ हजार ८ सय ४७ बढी नागरिकलाइ राहत बाडियको प्रबक्ता फर्सालले बताउनु भयको छ । कोरोना भाइरसका कारण आफ्ना समुदायलाइ सबै भन्दा बढी राहत दिनेमा रास्कोट नगरपालिका रहेको बताइयको छ ।
Discussion about this post